बागलुङमा पहिरोले नौ परिवार विस्थापित • Image Khabar Image Khabar


बागलुङमा पहिरोले नौ परिवार विस्थापित


Imagekhabar
१४ श्रावण २०७७, बुधबार १६:१४

बागलुङमा पहिरोले नौ परिवार विस्थापित

बागलुङ, साउन १४ । बागलुङको ढोरपाटन नगरपालिका–४, लुकुरबनमा पहिरोका कारण नौ परिवार विस्थापित भएका छन् ।

मंगलबार पहिरोले घरमा क्षति पुर्‍याएपछि नौ घर विस्थापित भएको स्थानीयले बताएका छन् ।

पहिरोले बस्तीनजिक चर्किएको हुँदा स्थानीयलाई छिमेकीको घर, स्वास्थ्यचौकी तथा विद्यालय भवनमा सारिएको ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष तिलक पुनले जानकारी दिनुभयो ।

वर्षाले ढोरपाटन नगरपालिकालगायत निसीखोला र तमानखोलामा पनि क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्