Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


कैलालीमा बाढीले बगाएका एकको शव आज भेटियो

कैलाली । अविरल बर्षासंगै आएको बाढीमा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका वडा नम्वर–८ का ४० बर्षिय ईश्वर साहको शव आज फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले साहको शव पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको बताउनुभयो…