कर्णाली नदीमा खतराको संकेत, तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह • Image Khabar Image Khabar


कर्णाली नदीमा खतराको संकेत, तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


Imagekhabar
१४ श्रावण २०७७, बुधबार १२:३४

कर्णाली नदीमा खतराको संकेत, तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कैलाली । कर्णाली नदीको सतह १० दशमलव दुई मिटर पुगेको छ । आज बिहान १० बजेसम्म कर्णाली नदीको सतह १० दशमलव २ मिटर पुगेको छ ।

कर्णालीको सतह १० मिटर पुगे सर्तकता तह र १० दशमलव ८ मिटरलाई खतरा मानिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णालीमा लगातार सर्तकता तहभन्दा बढी वर्षा भइरहेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभयो ।

उहाँले टीकापुर क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । तटीय क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्