विकास पौडेल (इमेज) चितवन, असोज ३० । जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्र रक्सीका बोतलहरु छरपस्ट रहेको पाइएको छ । शौचालयनजिक विभिन्न ‘ब्रान्ड’का रक्सीका खाली बोतलहरु फालिएको अवस्थामा भेटिएको हो । बिहीबार रक्सीका बोतलहरु देखेपछि तस्वीर खिच्नेक्रममा चितवनका पत्रकार केदार शर्मालाई प्रहरीले नियन्त्रणमासमेत लिएको थियो । प्रहरीले करिब ४५ मिनेट प्रहरी कार्यालयभित्र राखेर छाडेको पत्रकार शर्माले…