२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


यसरी गरियो म्यान्मामा राष्ट्रपति भण्डारीलाई स्वागत (तस्वीर)


0
Shares

म्यान्मा, असोज ३० । राष्ट्रपति विद्यादेवी भण्डारी हाल म्यान्माको राजकीय भ्रमणमा छिन् । उनलाई त्यहाँ भव्य स्वागत गरिएको छ ।

म्यान्मा सेनाको टुकडीले राष्ट्रपति भण्डारीलाई विशेष सम्मान गारद अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीलाई म्यान्माको सेनाले सम्मान गारद ‘गार्ड अफ अनर’ दिएको हो ।

राष्ट्रपति भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार म्यान्मा गएकी हुन् ।

राष्ट्रपति भण्डारीले र राष्ट्रपति विनसँग प्रेसिडेन्सियल हाउसमा भेटवार्ता पनि गरिन् ।

राष्ट्रपति भण्डारी र म्यान्माकी स्टेट काउन्सिलर आङ साङ सु चीबीच पनि भेटवार्ता भयो ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् ।

राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमणमा हुनेछिन् ।