बट्टारमा बसले किच्दा बालकको मृत्यु, चालक कुटिए, अश्रुग्यास प्रहार • Image Khabar Image Khabar


बट्टारमा बसले किच्दा बालकको मृत्यु, चालक कुटिए, अश्रुग्यास प्रहार


Imagekhabar
२९ आश्विन २०७६, बुधबार १५:४८

बट्टारमा बसले किच्दा बालकको मृत्यु, चालक कुटिए, अश्रुग्यास प्रहार

नुवाकोट, असोज २९ । नुवाकोटको बट्टारबजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ ।

तारकेश्वर गाउँपालिका–६, गोर्स्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको बुधबार दिउँसो केरुङ यातायातको बा४ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुनेगरी कुटेका छन् भने बस तोडफोड भएको छ ।

घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

मृतकका आफन्तले दोषीलाई कडा करबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टारबजार बन्द गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्