प्रहरी कार्यालयभित्र रक्सीका बोतल, तस्वीर खिच्ने पत्रकार नियन्त्रणमा • Image Khabar Image Khabar


प्रहरी कार्यालयभित्र रक्सीका बोतल, तस्वीर खिच्ने पत्रकार नियन्त्रणमा


Imagekhabar
३० आश्विन २०७६, बिहीबार १९:१८

प्रहरी कार्यालयभित्र रक्सीका बोतल, तस्वीर खिच्ने पत्रकार नियन्त्रणमा

विकास पौडेल (इमेज)

चितवन, असोज ३० । जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्र रक्सीका बोतलहरु छरपस्ट रहेको पाइएको छ ।

शौचालयनजिक विभिन्न ‘ब्रान्ड’का रक्सीका खाली बोतलहरु फालिएको अवस्थामा भेटिएको हो ।

बिहीबार रक्सीका बोतलहरु देखेपछि तस्वीर खिच्नेक्रममा चितवनका पत्रकार केदार शर्मालाई प्रहरीले नियन्त्रणमासमेत लिएको थियो ।

प्रहरीले करिब ४५ मिनेट प्रहरी कार्यालयभित्र राखेर छाडेको पत्रकार शर्माले बताए ।

शर्माको मोबाइल खोसेर मोबाइलमा खिचेको तस्वीरसमेत प्रहरीले जबर्जस्ती ‘डिलिट’ गरेको छ । प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको शर्माले बताए ।

सोही विषयमा पत्रकार सूर्य बराललाईसमेत प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको थियो ।

योबारेमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्