काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइहरु डेगेन्द्र र तेजेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा राष्ट्रपति भवन शीतलनिवासमा उनले सप्तरङ्गी टीका लगाइदिएको बताइएको छ । भण्डारीले टीका लगाएर भाइहरुलाई आशिर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिइन । उनलाई भाइहरुले यथाशक्य दक्षिणा प्रदान…