नेपाल संवतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने • Image Khabar Image Khabar


नेपाल संवतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने


Imagekhabar
१२ कार्तिक २०७६, मंगलवार ०६:४०

नेपाल संवतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्ले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको नेपाल सम्वत् मौलिक सम्वत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको बताएका छन् ।

नेपाल सम्वत् ११४० को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल सम्वत्का प्रवर्तक शंखधर शाख्वाको योगदानको कदर गर्दै राष्ट्रिय विभूती घोषणा गरिएको उल्लेख गरेका छन् ।

शंखधर शाख्वाले गरिबहरुको ऋण मोचनगरिदिएको खुशियालीमायो सम्वत् सुरु गरेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्