जुवाडे छुटाउन सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता • Image Khabar Image Khabar


जुवाडे छुटाउन सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता


Imagekhabar
११ कार्तिक २०७६, सोमबार १५:४४

जुवाडे छुटाउन सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौं । शनिबार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

पक्राउ परेका एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट हालेकी हुन् ।

६ जनाको तर्फबाट रिट निबेदन हालिएको प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।

रीटपछि क्यासिनो किङ्गको नामले चिनिने बलराम सापकोटा , पबित्र कुमार कार्की , पवन कुमार गुप्ता, श्रवण कुमार गोयल, बिक्रम गौतम र मुक्ती लामालाई प्रहरी अदालतमा उपस्थित गराएको छ ।

गैरकानुनी थुना देखिए उनीहरु आजै मुक्त हुनेछन् । त्यस्तो रीट हालेको २४ घण्टाभित्र बहस भई आदेश हुनुपर्दछ ।

जुवाडे छुटाउन सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

प्रतिक्रिया दिनुहोस्