
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइहरु डेगेन्द्र र तेजेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् ।
बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा राष्ट्रपति भवन शीतलनिवासमा उनले सप्तरङ्गी टीका लगाइदिएको बताइएको छ ।
भण्डारीले टीका लगाएर भाइहरुलाई आशिर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिइन ।
उनलाई भाइहरुले यथाशक्य दक्षिणा प्रदान गरेर आशीर्वाद लिएका थिए ।
त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश,गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन ।
यसैबीच राष्ट्रपतिले विद्या भण्डारीले लगाउने भाइटीकाको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई शितल निवासमा प्रवेश निषेध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्