३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–अर्चना

काठमाडौं, कात्तिक १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको मुख्य दिन शनिबार काठमाडौंस्थित गौरीघाट र कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् । नक्सालस्थित कमलपोखरी छठघाटमा गएर राष्ट्रपति भण्डारीले बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी हुन् । शनिबारै उनले छठीमाईको आराधनाले झकिझकाउ बनेको गुह्येश्वरीस्थित वाग्मतीघाटमासमेत गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको मन्दिरमा पूजा–अर्चना गरिन् ।…