२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–अर्चना


0
Shares

काठमाडौं, कात्तिक १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको मुख्य दिन शनिबार काठमाडौंस्थित गौरीघाट र कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् ।

नक्सालस्थित कमलपोखरी छठघाटमा गएर राष्ट्रपति भण्डारीले बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी हुन् ।

शनिबारै उनले छठीमाईको आराधनाले झकिझकाउ बनेको गुह्येश्वरीस्थित वाग्मतीघाटमासमेत गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको मन्दिरमा पूजा–अर्चना गरिन् ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौं महानगरपालिकाका  मेयर विद्यासुन्दर शाक्यलगायतको उपस्थित रहेको थियो ।