
-प्रकाश लिम्बू/ईमेज
तेह्रथुम । खानेपानीका मुहान सुक्नु र भएका स्रोतको पनि व्यवस्थापन गर्न नसक्दा ठाउँठाउँमा खानेपानीको अभाव हुने गरेको छ ।
सोहीमध्ये लामो समयदेखि खानेपानी अभावमा झेल्दै आएका तेह्रथुमको छथर शुक्रबारे बजारका स्थानीयले घरमा मिटर जडान गरेपछि यो समस्याबाट मुक्त भएका हुन् ।
तेह्रथुमको छथर शुक्रबारे बाजरका स्थानीय केही बर्षअघिसम्म खानेपानीको समस्या झेल्दै आएका थिए ।
तर केही समययता ग्रामीण खानेपानी विकास बोर्डको आर्थिक व्यवस्थापन तथा देउराली सोसाइटी तेह्रथुमको सहयोगमा मिटर जडान गरेपछि यो समस्या टरेको हो ।
करिब ४ सय घरधुरी रहेको यस बजारमा मिटर जडान हुनुअघि हप्तामा एकदिन मात्रै पानीको पालो आउँथ्यो तर स्थानीय श्रमदान तथा बोर्डको ५२ लाख रुपैयाँको सहयोगमा सञ्चालन भएको आयोजनाबाट ४/५ हजार नागरिक लाभान्वित भएको देउराली खानेपानी उपभोक्ता समितीका उपाध्यक्ष लोकन्द्र लिम्बु बताउँछन् ।
खानेपानी जोहो गर्नका लागि स्थानीयले दिनरात नभनी पानी पधँेरीहरुमा चहार्दै आएका थिए ।
त्यतिमात्र होइन पानीको समस्याले भौतिक संरचना निर्माणका लागि पनि वर्षायाम नै कुर्नुपथ्र्यो । तर आयोजना सञ्चालनमा आएपछि निकै राहत मिलेको स्थानीय चामुना ठकुरीको भनाइ छ ।
जिल्लाका अधिकांश स्थानमा पानीको समस्या हुँदै गएपछि पछिल्लो समय बसाइसरााइको दर पनि रोकिन सकेको छैन ।
खानेपानीका आयोजना सञ्चालनमा बेवास्त गर्नु तथा भएका स्रोतको पनि कुशलतापूर्वक व्यवस्थापन गर्न नजान्दा यो विकरालकै रुपमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्