२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


डोटीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३० घाईते


0
Shares

काठमाडौं । डोटीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको यात्रु बाहक बस आज बिहान शिखर नगरपालिका २ गेरुपानीमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बाजुरा बारबिस–६ का नयाँ सेरेलाको मृत्यु भएको डोटीका प्रहरी निरीक्षक कर्ण बोहोराले जानकारी दिए ।

घाइतेहरुको डोटीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्दार गरेका थिए ।

बस सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको छ । दुर्घटनाको बिस्तृत विरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।