पश्चिम नवलपरासी, साउन ३२ । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । समुदाय स्तरमा गरिएको पीसीआर परीक्षणमा संक्रमितको संख्या बढ्दै गएपछि रामग्राम नगरपालिका क्षेत्रको परासी बजार उच्च जोखिममा रहेको पाइएको हो । समुदाय स्तरमा संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि भदौ ६ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । अरु…