परासी बजार उच्च जोखिममा • Image Khabar Image Khabar


परासी बजार उच्च जोखिममा


Imagekhabar
३२ श्रावण २०७७, आईतवार १९:२९

परासी बजार उच्च जोखिममा

पश्चिम नवलपरासी, साउन ३२ । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

समुदाय स्तरमा गरिएको पीसीआर परीक्षणमा संक्रमितको संख्या बढ्दै गएपछि रामग्राम नगरपालिका क्षेत्रको परासी बजार उच्च जोखिममा रहेको पाइएको हो ।

समुदाय स्तरमा संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि भदौ ६ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

अरु पालिकाहरुले पनि भदौ ६ गतेसम्मका लागि पसल, व्यवसाय र अत्यावश्यक सवारी साधन र सर्वसाधारणको आवतजावतमा रोक लगाएका छन् ।

जिल्लामा हालसम्म १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्