सिन्धुलीका ६ वटा स्थानीय तहमा सटडाउन • Image Khabar Image Khabar


सिन्धुलीका ६ वटा स्थानीय तहमा सटडाउन


Imagekhabar
३२ श्रावण २०७७, आईतवार १८:४५

सिन्धुलीका ६ वटा स्थानीय तहमा सटडाउन

सिन्धुली, साउन ३२ । कोरोना भाइरसको संक्रमण बढेपछि सिन्धुलीका ६ वटा स्थानीय तहमा सटडाउन गरिएको छ ।

सिन्धुलीका नौं स्थानीय तहमध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका सहित सुनकोसी, मरिण, फिक्कल र गोलन्जोर गाउँपालिकामा कम्तिमा एकदेखि दुई सातासम्मका लागि सटडाउन गरिएको हो ।

सिन्धुलीका मुख्य सडकहरु विपी राजमार्ग, मध्यपहाडी राजमार्ग र मदनभण्डारी राजमार्ग तथा छेउछाउका होटलहरु पूर्ण रुपमा बन्द गरिएको छ ।

हरिहरपुरगढी, तिनपाटन, फिक्कल र घ्याङलेख गाउँपालिकामा भने कोरोना संक्रमणविरुद्ध उच्च सतर्कता अपनाएको जनाइएको छ ।

सिन्धुलीमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्