Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट ११ वटा शव निकालियो


0
Shares

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।

भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण हराइरहेकामध्ये ११ जनाको शव निकालिएको हो ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट–३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका ११ वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ ।

थप खोजी कार्य जारी रहेको सेनाले बताएको छ ।