पर्सामा सेना परिचालन • Image Khabar Image Khabar


पर्सामा सेना परिचालन


Imagekhabar
३२ श्रावण २०७७, आईतवार १८:१५

पर्सामा सेना परिचालन

पर्सा, साउन ३२ । पर्सामा निषेधाज्ञालाई थप कडाइ गर्न सेना परिचालन गरिएको छ ।

वीरगञ्जमा साउन १० गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

कोरोना भाइरसको संक्रमण ग्रामीण इलाकामा पनि देखिन थालेपछि साउन १९ गतेबाट जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोना भाइरस संक्रमणको चेनलाई ब्रेक गर्न निषेधाज्ञा जारी गरिए पनि मानिसको आवागमन नियन्त्रण नभएको र संक्रमण पनि बढ्दै गएकाले सेना परिचालन गर्ने अवस्था आएको बताइएको छ ।

प्रहरी र सेनाको संयुक्त गस्तीले निषेधाज्ञालाई प्रभावकारी बनाउने प्रशासनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्