काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार पनि बस्दैछ।
सिंहदरबारमा बिहीबार दिउँसो १ बजेदेखि शुरु हुने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपन सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेकाे छ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको हाे।










प्रतिक्रिया दिनुहोस्