काठमाडौं । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक आज(सोमबार) बस्दैछ । नेपाल र भारतबिच पछिल्लो समय सीमा विवाद चुलिएपछि दुई देशका आधिकारिक संयन्त्रबिच पहिलो पटक छलफल हुन लागेको हो । नेपालमा भारतको सहयोग वा सहकार्यमा संचालन भएका परियोजनाहरुको मूल्यांकनको विषयमा यो छलफल केन्द्रित हुनेछ । भर्चुअल बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गर्नुहुनेछ भने…