अछाम, भदौ ८ । अछामको कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १० जनामध्ये सोमबार एकजनाको शव फेलापरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर-३, रलेमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । नदीले कटान गरेको रुखको जरामा अड्किएको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो । शव भेटिएको क्षेत्रमा…