संक्रमितको संख्या बढेपछि उदयपुरमा थप पाँच दिन निषेधाज्ञा • Image Khabar Image Khabar


संक्रमितको संख्या बढेपछि उदयपुरमा थप पाँच दिन निषेधाज्ञा


Imagekhabar
८ भाद्र २०७७, सोमबार ०८:०६

संक्रमितको संख्या बढेपछि उदयपुरमा थप पाँच दिन निषेधाज्ञा

केदार कटुवाल/ईमेज
उदयपुर । उदयपुरमा थप ५ दिन निशेधाज्ञा जारी गरिएको छ ।

कोरोना भाइरस को संक्रमण समुदाय स्तरमै बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसमा सुरक्षा समितिले तीनवटा नगरपालिकामा थप ५ दिनका लागि निशेधाज्ञा जारी गरेको हो ।

यसअघि श्रावण २९ गते मध्यरात बाट भाद्र ७ गतेको मध्य रातसम्म १२ दिन निशेधाज्ञा लगाइएकोमा यस अबधिमा थप चार जनामा संक्रमण देखिएकाले निशेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।

कोरोना भाइरस एकिन गर्न गरिने थ्रो स्वाब लिइएका ब्यक्तिहरुको रिपोर्ट नआउनजेल कोहीपनि बाहिर निस्कन पाउने छैनन् । सर्त उलंङ्घन गर्नेलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गरिने जनाइएको छ ।

जारी निशेधाज्ञामा बिहान ९ बजे देखि १२ बजेसम्म दैनिक उपभोग्य खाद्यन्न पसल खोल्ने र बाँकी समय ठप्प राख्ने निर्णयमा उल्लेख गरिएको छ।

अत्यावश्यक सेवाका मेडिकल, पानी, दुधका गाडी, एम्बुलेन्स ,दमकल सेवा, सुरक्षा, स्वास्थ्यकर्मीका सवारी साधन भने निर्बाध चल्नेछन ।

जिल्ला स्थित मालपोत कार्यालयका ७ जना कर्मचारीमा संक्रमण देखिएपछि गरिएको निशेधाज्ञा अवधिमा शिक्षक, विद्यार्थीलगायत ४ जना कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

यश अवधीमा जिल्ला स्थित कार्यालयका राष्ट्र सेवक कर्मचारीलाई बिदा वा काजमा बस्न नदिन र सरुवा भइ आएका कर्मचारीलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन कार्यालय प्रमुखहरुमा जानकारी गराइएको छ ।

उदयपुरमा ३० जना महिलासहित १ सय ११ जनामा कोरोना भाइरस पुष्टि भएको उदयपुर स्वास्थ्य प्रमुख मोहन सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्