काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म तरकारी, फलफूल र खाद्यान्न पसल खोल्न पाइने • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म तरकारी, फलफूल र खाद्यान्न पसल खोल्न पाइने


Imagekhabar
७ भाद्र २०७७, आईतवार २०:१८

kathmandu lockdown vegitable market

काठमाडौं, भदौ ७ । काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म मात्रै तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले जारी जारी निषेधाज्ञालाई ख्याल गर्दै यो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभएको छ ।

यसअघि ८ बजेसम्म पसल खोल्न दिइएकामा अरु एक घण्टा थपिएको दाहालले जानकारी दिनुभयो ।

तर औषधि पसल भने अरु समयमा पनि खोल्न दिइनेछ । यो निर्णय कार्यान्वयनका लागि तीन वटै जिल्ला प्रशासनले सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्