Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


भोटेकोशीमा बेपत्ता दुई दाजुभाइका परिवारको हिमपहिरोमा परी मृत्यु


0
Shares


सविना अछामे, खोटाङ । भोटेकोशी बाढीमा बेपत्ता दुई दाजु–भाइका परिवारको एक महिनापछि मनाङको हिमपहिरोमा परी मृत्यु भएको छ ।

भोटेकोशीमा बेपत्ता भएका जेठो दाजु ५१ वर्षीय युवराज र अन्तरे भाइ ३८ वर्षीय यसबहादुर बेपत्ता भएको एक महिनापछि उनका माइला भाइ ४४ वर्षीय घनश्यामको हिमपहिरोमा परी मृत्यु भएको हो ।

उनीहरू ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क निवासी हुन् । हिमपहिरोमा परी घनश्यामै काइला भाइका छोरा २२ वर्षीय सुरज राई, उक्त वडाकै ४२ वर्षीय लवकुमार गुरुङ सहित १२ जना बेपत्ता छन् ।

घनश्याम र वीरेन्द्र गुरुङको शव सोमबार फेला परेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अध्यक्ष तुलसिंह गुरुङले बताए । हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । यसअघि आइतबार फेला परेका छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो ।

७ भाइ दाजुभाइमध्ये जेठो र अन्तरे छोरा भोटेकोशीमा बेपत्ता भएको एक महिनापछि माइलो छोराको मृत्यु र नाति बेपत्ता भएको खबरले बुवा ७२ वर्षीय हेमबहादुर, आमा ६९ वर्षीया अमृतमायाँ राई रहित उनका परिवार शोकमा डुबेका छन् । घनश्यामका श्रीमती एक छोरी, एक छोरा छन् ।

भोटेकोशीमा बेपत्ता हुने युवराजको श्रीमती, एक छोरा, एसकुमारको श्रीमती छन् । हिमपहिरोमा परेको आइतबार दिउसो साडे ३ बजेतिर थाहा पाएको र शव फेला परेको सोमबार दिउसो थाहा पाएको उनका आफन्त तथा वडासदस्य श्रीकुमार राईले बताए । एक महिनाको अन्तरालमा यस्तो घटना घटेपछि परिवार विक्षिप्त बनेको राईको भनाइ छ ।

Skip This