
रसुवा । लगतारको बर्षाका कारण रसुवागढी–स्याफ्रुबेंसी सडक खण्ड अन्र्तगत तातोपानी क्षेत्र सडक अवरुद्ध भएको छ ।
एक साता देखि परेको अविरल बर्षाले कलाङकुलुङ, लिङलिङ, घट्टेखोला, तातोपानीलगायतका स्थानमा पहिरो जादा सडक अबरुद्ध भएको हो ।
पहिरोले रसुवागढी–स्याफ्रुबेंसी सडक खण्ड अवरुद्ध भए पछि रसुवागढी जलबिद्युत आयोजनाको स्काभेटर तथा लोडरको सहयोगमा पहिरो हटाउने काम भईरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्