म्याग्दी, भदौ १५ । म्याग्दीको सदरमुकाम बेनी प्रवेश गर्ने झोलुङ्गे पुलबाट आवतजावतमा रोक लगाइएको छ । छिमेकी जिल्ला बागलुङमा समुदायस्तरमा नै कोरोना फैलिएकोले बागलुङका साथै अन्य जिल्लाबाट समेत आवतजावतलाई कडाई गर्ने निर्णय अनुसार कोरोना (कोभिड १९) संकट व्यवस्थापन केन्द (सिसीएमसी) म्याग्दीले झोलुङ्गे पुलमा ताल्चा लगाएर कडाइ गरेको हो । पुलबाट सर्वसाधारणको आवतजावत बढ्न गई कोरोनाको…