Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


झोलुङ्गे पुलमा ताल्चा


0
Shares

म्याग्दी, भदौ १५ । म्याग्दीको सदरमुकाम बेनी प्रवेश गर्ने झोलुङ्गे पुलबाट आवतजावतमा रोक लगाइएको छ ।

छिमेकी जिल्ला बागलुङमा समुदायस्तरमा नै कोरोना फैलिएकोले बागलुङका साथै अन्य जिल्लाबाट समेत आवतजावतलाई कडाई गर्ने निर्णय अनुसार कोरोना (कोभिड १९) संकट व्यवस्थापन केन्द (सिसीएमसी) म्याग्दीले झोलुङ्गे पुलमा ताल्चा लगाएर कडाइ गरेको हो ।

पुलबाट सर्वसाधारणको आवतजावत बढ्न गई कोरोनाको संक्रमण बढ्न जाने खतरा भएकोले पुल पूर्णरुपमा बन्द गरिएको जनाइएको छ ।

पुल बन्द गरिएपछि दैनिक आवतजावत गनेहरुले भने परिचय पत्रको आधारमा आवतजावत गर्न दिनु माग गरेका छन् ।