सविना अछामे, खोटाङ । खोटाङमा बाँदरलाई हानेको बन्दुक लागेर एक जनाको मृत्यु भएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मी गोपीमा मङ्गलबार दिउसो करिब पौने २ बजेतिर बाँदरलाई हानेको बन्दुक लागेर स्थानीय ५३ वर्षीय श्यामबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
वडाअध्यक्ष इखबहादुर राईका अनुसार स्थानीय ५४ वर्षीय भलबहादुर तामाङले हानेको भरुवा बन्दुकले लागेर तामाङको मृत्यु भएको हो ।
भरुवा बन्दुक सहित भलबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेत बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्