कालिकोट पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, विकट रहेकाले घटनास्थलमै मृतकको पोष्टमार्टम गरिने • Image Khabar Image Khabar


कालिकोट पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, विकट रहेकाले घटनास्थलमै मृतकको पोष्टमार्टम गरिने


Imagekhabar
१५ भाद्र २०७७, सोमबार ०९:३०

कालिकोट पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, विकट रहेकाले घटनास्थलमै मृतकको पोष्टमार्टम गरिने

कालिकोट । तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ ।

घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए ।

पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको इन्सपेक्टर यक्षराज जोशीले जानकारी दिनुभयो ।

शाही परिवारको घर शुभकालिका गाउँपालिका मुंग्रा भए पनि नाग्ममा पसल थियो । यसैगरी अर्को एक परिवारका तीन सदस्यको पनि सोही पहिरोमा परेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ ।

यसैगरी तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

सदरमुकामबाट दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलमै मृतकहरुको पोष्टमार्टम गरिने कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनुभयो ।

यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्