काठमाडौं, साउन २५ । नेपाली सेनालाई भारत सरकारले १० वटा भेन्टिलेटर उपलब्ध गराएको छ । कोरोना भाइरसविरुद्धको अभियानका लागि सहयोग स्वरुप भारत सरकारको तर्फबाट दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबरको १० वटा आइसियू भेन्टिलेटर प्रदान गरेको नेपाली सेनाले जनाएको छ । जंगी अड्डामा आज आयोजित कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति…