Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु


0
Shares

झिमरुक, मंसिर २२ । प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

घाँस काटने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको सोमबार मृत्यु भएको हो ।

घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्युठान अस्पताल बिजुवार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।