भुक्तानी दिन आलटाल गरेपछि शीत भण्डार निर्माण कार्य रोकियो « Image Khabar


भुक्तानी दिन आलटाल गरेपछि शीत भण्डार निर्माण कार्य रोकियो


Imagekhabar
२३ मंसिर २०७७, मंगलवार ०८:४५

काठमाडौं । संघीय र प्रदेश सरकार तथा जिल्ला सहकारी संघको लापरवाहीका कारण सप्तरीको राजविराज नगरपालिकामा निर्माणधिन सहकारी शीत भण्डार निर्माण कार्य रोकिएको छ ।

गत जेठमै निर्माण सम्पन्न हुनु पर्नेमा एक वर्ष म्याद थप भएपनि भुक्तानी दिन आलटाल भइरहँदा निर्माण कार्य अलपत्र हुने अवस्थामा पुगेको हो ।

कृषकद्वारा उत्पादित कृषि उपजहरु खेर जाने गरेका समस्यालाई सामाधान गर्न कुल ३१ करोड ५ लाख ३६ हजार ७ सय ७५ रुपैयाँको लगानीमा शीत भण्डार निर्माण कार्य थालिएको थियो ।

निर्माण गर्ने ठेक्का पाएका आशिष/ओम साई राम जेभी सातदोबाटो ललितपुरले पहिलो किस्ताकै ५२ लाख रुपैयाँ तथा तेश्रो रनिङ्ग विलमा पनि ३ करोड ६८ लाख रुपैयाँ भुक्तानी नदिएकाले निर्माण कार्य रोकिन बाध्य भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्