अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी « Image Khabar


अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी


Imagekhabar
२३ मंसिर २०७७, मंगलवार ११:२४

काठमाडों । म्याग्दीको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी भएको छ ।

८ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनको तयारी भएको हो ।

हर्जोगले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै ८ हजार भन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ कीर्तिमान बनाएका थिए ।

म्यादीको अन्नपूर्ण गाउँपालिका नारच्याङबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिज हर्गोज ट्रेल’ नामकरण गरिएको छ ।

यसका लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसनका प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन् ।

हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविरलाई आधारभूतस्तरको पदमार्गले जोडेर पर्यटक भित्र्याउन प्रचार–प्रसार र प्रवद्र्धनमा जुटेको गाउँपालिकाका अध्याक्ष डमबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पदमार्ग सञ्चालन गर्ने तयारी गरेको भए पनि कोरोनाले प्रभावित बनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्