काठमाडौं, साउन २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलसहित सम्बन्धित मन्त्रीहरुबाट महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल…