Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


देशका केही स्थानमा वर्षा हुने


0
Shares

काठमाडौं । भारतको झारखण्ड र आसपासमा न्युन चापिय प्रणालीले नेपालमा चिसो बढेको छ ।

हाल प्रदेश १ वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मौसम बदली भएर केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश २ का केही स्थानमा मध्यान्हसम्म बाक्लो हुस्सु लाग्नुका साथै र बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।

काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश नं १ का पहाडी भूभागका १/२ स्थानहरुमा हल्का वर्षाको सम्भावना हुनुका साथै देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भुभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ४३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।