संखुवासभा । संखुवासभामा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । जिल्लाको चैनपुर र मादी नगरपालिकाको सिमाना भएर बग्ने पिलुवा खोला तर्ने क्रममा खोलाले बगाउँदा मादी नगरपालीका–५ का ३० वर्षीय महेश दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो अरुण भ्याली हाइड्रोपावरमा काम गर्न निस्किएका दाहाल कार्यालय नपुगेपछि त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए…