बनेपा । बागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले कृषि क्षेत्रमा पहुँचवालाको हालीमुहाली अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
प्रेस चौतारी नेपाल काभ्रे शाखाले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै लामाले पहुँचवालाको हालीमुहालीले कृषि क्षेत्रको विकास नभएको बताउँदै आफूले पहुँचवालाको हालीमुहाली अन्त्य गर्ने बताउनुभयो ।
लामाले ठूलो व्यवसाय, मध्यम व्यवसाय र सामान्य कृषि पेशा गरिरहेका किसानको लागि छुट्टा–छुट्टै कार्यक्रम ल्याउने बताउनुभयो । किसानको वर्गिकरण गरेर सबैलाई समेट्ने गरी कार्यक्रम बनाउने आफ्नो तयारी रहेको उहाँले बताउनुभयो ।
निश्चित व्यक्ति र संस्थालाई मात्रै हेरेर नीति तथा कार्यक्रम बनाउने परिपाटीले कृषि क्षेत्रको विकास नभएको उहाँको भनाइ छ ।
कृषि क्षेत्रमा दिइने अनुदान र सहकारी मार्फत जनतालाई अधिकतम लाभ दिलाउने विषयमा जनताको पक्षमा काम गर्ने मन्त्री लामाले प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्