रुक्मशमशेर राणाको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त « Image Khabar


रुक्मशमशेर राणाको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त


Border circle
Imagekhabar

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेरका कान्छा छोरा पूर्व राजदूत रुक्मशमशेर राणाको निधनप्रति प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

बतिसपुतलीस्थित उहाँकै निवासमा गएर प्रत्रानमन्त्री देउवाले राणाको मृत शरीरमाथि झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गुर्न भएको हो ।त्यस्तै पूर्व महामन्त्री प्रकाश मान सिह लगायतका कांग्रेस नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

लामो समयदेखि मिर्गौलाको समस्यमा रहनु भएका राणाको आज बिहान आफ्नै निवासमा निधन भएको छ । काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा राणाको ८५ वर्षको उमेरमा आज निधन भएको हो । मिर्गौला प्रत्यारोपणपछि उहँ नियमित डाइलाइसिस गरिरहनु भएकोे थियो ।

राणा सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बन्नु भएको थियो । भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक हुनुहुन्छ ।

राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ । उहाँ राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौं र १३औं सदस्यसचिव हुनुभएको थियो । त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिनुभएका राणा हाल ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष हुनुहुन्छ ।

तस्वीर : यूपी लामिछाने

प्रतिक्रिया दिनुहोस्