Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


शिक्षा र अर्थसहित ५ संसदीय समितिको बैठक आज बस्दै


52
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाबारे छलफल हुनेछ । बैठक बिहीबार बिहान १० बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे ।

त्यस्तै, अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यसूची छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने भएकाे हाे।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मुस्लिम आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल’ हुनेछ । बैठक बिहीबारै बिहान ११ बजेका लागि बोलाइएको हाे ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’मा सैद्धान्तिक छलफल हुनेछ । बैठक बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेश गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे हाे।

साथै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा देशको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुने भएकाे छ । समितिको बैठक बिहीबार दिउँसो साढे २ बजे बस्ने सचिवालयले जनाएकाे हाे।


Skip This