काठमाडौं । कोभिड–१९को दोस्रो लहर फैलिन थालेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना बितेको छ । गत वैशाख १६ गतेदेखि एक साताका लागि लगाइएको निषेधाज्ञाको म्याद पटक–पटक थप हुँदै एक महिना लम्बिएको हो । संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानी भित्रिने नाकामा अनुगमन बढाएको छ । खाद्यान्न बोकेको सवारीलाई रोकिएको भन्ने खबर…