बागलुङ, भदौ २८ । बागलुङमा कोरोना संक्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल र पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएका पार्टी प्यालेस, सिनेमा हल, ब्युटीपार्लर र जिम हल लगायतका क्षेत्र स्वास्थ्य मापदण्ड पु¥याएर खुल्न दिने बताउनुभयो ।
शैक्षिक संस्था पालिकाको समन्वयमा खुलाउन सकिने निर्णय भएको उहाँको भनाई थियो । स्वास्थ्य मापदण्ड अपनाएर प्रशासनको निर्देशन अनुसार कालिका मन्दिर छ महिना पछि खुला हुने भएको हो । मन्दिरमा सामाजिक दूरी कायम गरी दर्शनार्थीलाई प्रवेशको व्यवस्था मिलाइने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्