काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीको पत्रकारितामा कुनै पनि प्रकारको अवरोध हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले विपद्को जोखिम न्यूनीकरण तथा जनधनको सुरक्षाका लागि प्रहरी र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले विपद्का बेला नागरिकलाई सही समयमा सही सूचना पुर्याउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, ‘सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ।’
कार्कीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा राख्दै विपद्को असर कम गर्न सबै पक्षबीच अभूतपूर्व सहकार्यको आह्वानसमेत गर्नुभएको छ।
वर्षा, सम्भावित हावाहुरी तथा त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी आफ्नो जिम्मेवारी पूरा गर्न सक्रिय रहने उहाँको भनाइ छ।









प्रतिक्रिया दिनुहोस्