Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


पूर्वन्यायाधीश केसी रिट लिएर सर्वोच्चमा, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा सरिक गराउन माग


0
Shares

काठमाडौं, भदौं २८ । संवैधानिक परिषद्सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आफूलाई संलग्न गराई सुनुवाई गर्न माग गर्दै सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले पुरक निवेदन दिनुभएको छ ।

न्यायाधीश हरि फुँयालको आदेशविरुद्ध आफूलाई सरिक गराइ सुनुवाइ गर्न माग गर्दै सोमबार उहाँले रिट पेश गर्नुभएको हो ।

फुँयालको एकल इजलाशले भने प्रधानन्यायाधीश बिना संवैधानिक इजलाश नबस्न आदेश दिनुका साथै पूर्वप्रधानन्यायाधीशको अभिव्यक्ति र सञ्चार माध्यममा भएको बहसबारे पनि टिप्पणी गरेको थियो ।

आफूहरुको अभिव्यक्ति स्वतन्त्रतामासमेत अंकुश लगाउने ढंगले आदेश आएको भन्दै केसीले आफू सरोकारवाला भएकाले सहभागी गराउन जिकीर गर्नुभएको छ ।

अन्तरिम आदेश माग गरिएको रिटमा केसीले उल्लेख गर्नुभएको छ, ‘गम्भीर संवैधानिक बाधा हुन्छ, यसले व्यक्तिलाई बोल्न दिएको हक हनन हुन्छ ।’

सर्वोच्चको आदेशले आफ्नो मुद्दामा आफैं न्यायाधीश बन्न मिल्छ भन्ने विषयलाई स्वीकार्न खोजेको देखिएको भन्दै केसीले यसबाट न्यायालयमा अनर्थ हुने टिप्पणी पनि गर्नुभएको छ ।