धनकुटा । निषेधाज्ञाबीच पनि धनकुटाका चिया कृषकले चिया उत्पादन रोकेका छैनन् । लकडाउनका कारण अघिल्लो वर्ष उत्पादन र निर्यात ६० प्रतिशतसम्म घटाएका धनकुटाका निजी र सहकारी मार्फत सञ्चालित चिया प्रशोधन केन्द्रले यो वर्ष भने निषेधाज्ञाको समयमा पनि निरन्तर उत्पादन गरिरहेका छन् । जापान, जर्मनी, डेनमार्क, अमेरिका र अष्ट्रेलिया लगायतका मुलुकमा अर्थोडक्स चिया निर्यात हुँदै आएको…