अर्घाखाँची, असोज १ । अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर भक्तजनका लागि शुक्रबारदेखि खुला भएको छ ।
कोरोना संक्रमणका कारण पटक पटक बन्द हुदै आएको मन्दिर लाई प्रशासन कार्यालय, सुरक्षा निकाय र मन्दिर व्यवस्थापन समितीको संयुक्त बैठकले खुलाएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कोरोना संक्रमणको दर कमी भएपनि कोरोनाको जोखिम कायम रहेकाले नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुर्णरुपले पालना गरी भक्तजनलाई मन्दिरमा पुजाआजा गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडे्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्