कञ्चनपुर । मन्दिरमा चढाएका घण्टी चोरेर बेचेको भन्दै प्रहरीले महेन्द्रनगरको एक भाँडा पसलमा छापा मारेको छ । मन्दिरका घण्टीमा लेखिएका नामहरू मेटेर बेच्न राखेकोे भेटिएपछि प्रहरीले महेन्द्रनगर गल्ली नम्बर १ मा रहेको ठकुराठी ब्रदर्शमा छापा मारेको हो । प्रदेश प्रहरी र जिल्ला प्रहरीको टोलीले छापा मार्दा गोदाममा लुकाएर राखिएको अवस्थामा अवैध घण्टीहरू भेटिएका छन् ।…