काठमाडौं । मेलम्ची खोलामा बाढ़ी आएको ३ महिना पूरा भएको छ । तर सरकारले गर्ने भनेको काम पनि नहुँदा त्यहाँका जनताले सास्ती भोगिरहेका छन् ।
मेलम्ची खोलाले बगाएको पुल नबन्दा आवजावतमा समेत समस्या भइरहेको जनताको गुनासो छ। चनौटेमा बाढीले पुल बगाएको सुरकाले चनौटेमा बेलिब्रिज हाल्ने घोषणा गरेको गरेको थियो ।
सरकारले पुल बनाउने घोषणा गरेको करीब दुई महिना पुग्न लागेको छ । हालसम्म पनि कामको सुरसार देखिदैन । बेलिब्रिज नहाल्दा जनता जाेखिमकाे यात्रा गर्न बाध्य छन् ।
टुईटर प्रयोगकर्ता दीपकुमार खड्का सरकारप्रति उदासिन हुँदै लेख्नुहुन्छ ‘होईन यो काम गर्ने कुरोमा कस्तो अलिकता पनि संवेदनशीलता भन्ने चीज नभएको ? जनता माने त्यै ‘भोटको भेड़ो’ त होला नि है ? यो जोखिमको यात्रामा दोषी को ? जनता या राज्य ?
प्रतिक्रिया दिनुहोस्