![](https://www.imagekhabar.com/wp-content/uploads/2021/09/indra-jatra.gif)
तस्बिर फाइल
काठमाडौं, असोज । काठमाडौं उपत्यकाको ऐतिहासिक कुमारी रथ तथा इन्द्रजात्रा विधिवत् सम्पन्न हुँदैछ ।
भाद्र द्वादशीका दिन हनुमान ढोकामा इन्द्रध्वजारोहण गरेर शुरु भएको इन्द्रजात्रा शुक्रबार सम्पन्न हुन लागेको हो ।
नानीचाया भनिने जात्राको अन्तिम दिन शुक्रबार जीवित देवी कुमारी, देव गणेश र भैरवको रथ कुमारी घरबाट महिलाले तानेर प्याफल, यट्खा, नरदेवी, किलागल, इन्द्रचोक, मख्खन, हनुमानढोका हुँदै पुनः कुमारी घरमा पु¥याइन्छ ।
त्यस क्रममा लाखे, पुलुकिसी, अष्टमात्रिका, देवी, हलचोक आकाश भैरबको तान्त्रिक नाच प्रदर्शन गरी मध्यरातमा जात्रा सम्पन्न गरिन्छ । यसै अवसरमा श्वेत भैरव, बाका भैरव र आकाश भैरव लगायतका विभिन्न मूर्ति विधिवत् मन्दिर भित्र प्रतिस्थापन समेत गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्